Log in Register

Login to your account

Username *
Password *
Remember Me

Create an account

Fields marked with an asterisk (*) are required.
Name *
Username *
Password *
Verify password *
Email *
Verify email *

By PDGOO goopaydayloans

1/

Palm's Farming PRODUCTS

readmore

2/

Our Palm SERVICES

readmore

3/

Palm's Goal & OBJECTIVE

readmore

4/

Palm Agrotech CONTACT

readmore

Aloevera & Stevia

एलोभेरा तथा स्टेभिया खेती

 नेपालमा एलोभेरा (घ्यूकुमारी) र स्टेभिया (चिनीबिरुवा) को व्यावसायिक खेती शुरू भएको छ । यी दुवै कृषि उपजको विश्वबजारमा निकै ठूलो माग छ । तर, मागको १० प्रतिशत पनि उत्पादन हुन सकेको छैन । सम्पूर्ण आयुर्वेदिक तथा एलोपेथिक उपचार एवम् सौन्दर्यप्रसाधन उत्पादनका लागि घ्यूकुमारीलाई विश्वमै पहिलो नम्बरमा राखिएको छ । संसारका थुप्रै कृषिवैज्ञानिकले नेपाली माटो घ्यूकुमारी र स्टेभियाको व्यावसायिक खेतीका निम्ति अत्यन्तै उपयुक्त मानेका छन् । नेपालमा व्यावसायिक रूपमा घ्यूकुमारी र स्टेभिया खेतीको शुरुआत पाम एग्रोटेक एण्ड बायो–इनर्जी नेपाल प्रालिले गरेको हो । कम्पनीले नेपाली किसानलाई यी कृषि उपजप्रति आकर्षित गर्न विभिन्न किसिमका सहयोग कार्यक्रमसमेत गर्द ै आएको छ । हालसम्म नेपालका ५५ देखि ६० जिल्लाका करीब ३ सय बिगाहा जमीनमा एलोभेरा तथा स्टेभिया खेती भइसकेको पाम एग्रोटेकका अध्यक्ष रुद्रप्रसाद गिरीले जानकारी दिए । यसमध्ये ८० प्रतिशत जमीनमा एलोभेरा र २० प्रतिशतमा स्टेभियाको व्यावसायिक खेती भइरहेको छ । अबको २ वर्षभित्रमा १ हजार ५ सय हेक्टरमा यी दुई वनस्पतिको खेती विस्तार गरिसक्ने लक्ष्य रहेको गिरीले बताए ।

विश्व स्वास्थ्य सङ्गठनको मान्यतामा रहेर तयारी खानेकुरा उत्पादन गर्दा पूर्णपोषण तइभ्वका लागि घ्यकू मु ारी जले अनिवार्य रूपमा मिसाउनपु र्न े पा्र वधान छ । घ्यूकुमारीमा २ सय जैविक तइभ्व पाइन्छ । विश्वमा अहिले झण्डै साढे २ अर्ब नेपाली रुपैयाँबराबरको घ्यूकुमारीमा आधारित उत्पादनको व्यवसाय भइरहेको अनुमान छ । घ्यूकुमारी ३ सयभन्दा बढी जातका हुन्छन् । त्यसमध्ये आठ जातका घ्यूकुमारी खानयोग्य मानिन्छन् । संसारभरि स्टेभिया र एलोभेराको बजार २ हजार प्रतिशत सुरक्षित रहेको बताइन्छ । यी दुवैको उत्पादन लिन बिरुवा रोपेपछि १ वर्ष लाग्छ । एलोभेराको बाइप्रडक्टका रूपमा एलोइन सङ्कलन पनि गर्न सकिन्छ । त्यस्तै, चिनीको विकल्पका रूपमा प्रयोग हुने स्टेभिया खेतीका लागि नेपाल अत्यन्तै उपयुक्त स्थान हो । स्टेभियामा चिनीमा भन्दा ३ सय गुणा बढी गुलियोपना (स्टेभिया साइट) हुन्छ । कोलेष्ट्रोलरहित भएका कारण मधुमेहका बिरामीले समेत चिनीको विकल्पका रूपमा स्टेभिया पाउडरको प्रयोग गर्न सक्छन् । अत्यधिक गुलियोपना हुने स्टेभियालाई चिनीको प्रमुख विकल्पकै रूपमा खेती गर्न सकिन्छ ।

नेपालमा चिनीको आवश्यकता पूरा गर्न १ लाख हेक्टर जमीनमा उखुखेती गर्नुपर्छ । तर, १ हजार ५ सय हेक्टरमा स्टेभियाको खेती गर्ने हो भने चिनीको माग पूरा हुन्छ । विश्व खाद्य सङ्गठनले स्टेभियालाई स्वास्थ्यवद्र्धक खानेकुराका रूपमा प्रमाणित गरिसकेको छ । घ्यूकुमारी र स्टेभियाको बजारको कुनै अभाव छैन । विश्वमा यी दुवै वनस्पतिको माग उच्च छ । तर, निर्यातका लागि भने यीमध्ये कुनै पनि वस्तुको उत्पादन कम्तीमा ६ टन हुनुपर्छ । सानो परिमाणमा उत्पादन हुँदासम्म स्थानीयस्तरमै खपत हुने यी वनस्पतिको नेपालको वैकल्पिक बजार भनेको मलेसिया र सिङ्गापुर हो । नेपालको हावापानी स्टेभिया र घ्यूकुमारी खेतीका लागि अनुकूल भएकाले यसैबाट मात्रै पनि वर्षेनि अर्बौं डलर आर्जन गर्न सकिन्छ ।

उपयुक्त हावापानी अहिले झापा, मोरङ, इलाम, पर्सा, बारा, मकवानपुर, नवलपरासी, काभपे्र लाञ्चाके , नवु ाकाटे लगायतका जिल्लामा स्टेभिया र घ्यूकुमारीको खेती शुरू भएको छ । घ्यूकुमारीको खेती गर्न ५ हजार मिटरको उचाइलाई पनि उपयुक्त मानिन्छ । तर, १६ देखि ४५ डिग्री सेल्सियस तापक्रममा हुने स्टेभियाका निम्ति १ हजार ५ सय मिटरभन्दा उचाइको जमीन काम लाग्दैन । एक हेक्टर जमीनमा २० हजार स्टेभियाका बिरुवा लगाउन सकिन्छ ।स्टेभियाका निम्ति स्प्रिङ्कल सिँचाइ (पाइपको फोहराले बिरुवामाथिबाट गरिने सिँचाइ)को आवश्यकता पर्छ । तर, घ्यकू मु रीका लागि भन  खास  सिच इ आवश्यक पदर्नै । एक हेक्टर जमीनका लागि घ्यूकुमारीको १५ हजार बिरुवा लाग्छ । तर, स्टेभियाको खेतीका लागि प्रतिहेक्टर २० हजार बिरुवा लाग्छ । यी बिरुवाको व्यावसायिक मूल्य प्रतिबिरुवा ४० रुपैयाँ पर्छ । तर, पाम एग्रोटेकले बिरुवा डेलिभरीदेखि ६ वर्षसम्म निरन्तर प्राविधिकसहित बजार व्यवस्थापनको समेत जिम्मा लिने बताएको छ । तर, यसका लागि किसानले कम्तीमा ६ हजार बिरुवा रोप्नुपर्छ । डेढ बिगाहा जमीनमा स्टेभियाको खेती गर्न पहिलो वर्ष झण्डै रू. ११ लाख खर्च लाग्छ ।

त्यसैगरी घ्यूकुमारीको खेती एक हेक्टरमा गर्न पहिलो वर्ष झण्डै रू. ९ लाख लाग्छ । एक हेक्टरमा रोपेको स्टेभियाबाट पहिलो वर्ष कम्तीमा रू. २१ लाख आम्दानी हुन्छ । त्यस्तै, घ्यूकुमारीबाट पहिलो वर्षमै रू. १८ लाख आम्दानी लिन सकिन्छ । यो क्रम निरन्तर ५ वर्षसम्म चलिरहन्छ । घ्यूकुमारीको बिरुवा रोपेको १३ महीनादेखि यसको उत्पादन लिन सकिन्छ । घ्यूकुमारीको खेती वनमा समेत गर्न सकिन्छ । निजी बारीभन्दा वनमा गरिने यो खेती सरल र आम्दानीका दृष्टिले पनि फाइदाजनक मानिन्छ । स्थानीय सामुदायिक वन घ्यूकुमारीको प्राकृतिक खेतीका लागि उपयुक्त हुन्छ । वनमा खेती गर्दा लागत मूल्य कम पर्ने हुँदा वार्षिक प्रतिहेक्टर रू. २० लाखसम्म नाफा हुने बताइन्छ । अन्य उद्योगस“ग सहकार्य स्टेभिया तथा एलोभेरा स्वदेशी उद्योगहरूका लागि समेत उत्तिकै आवश्यक छ । पाम एग्रोटेकले नेपालका केही ठूला उद्योगसँगको सहकार्यमा समेत यी दुवै वनस्पतिको खेतीलाई अझै व्यापक बनाउँदै लगेको छ । भर्खरै चितवन मिल्क र साङ्घाई ग्रूपले समेत स्टेभियाको व्यावसायिक खेती शुरू गरेका छन् । साङ्घाई ग्रूपले इलाम जिल्लाको ३ सय हेक्टरभन्दा बढी जमीनमा १५ हजार स्टेभिया र एलोभेराका बिरुवा लगाइसकेको गिर ीले जानकारी दिए । दूध र स्टेभिया पाउडर दुवैको सहज आपूर्तिका लागि चितवन मिल्कले पनि किसानलाई एकीकृत ढङ्गबाट एलोभेरा तथा स्टेभिया खेतीसँगै गाईपालनलाई प्राथमिकता दिने भएको छ ।

1. Palm Agro Jingle Play Download this Song
2. Interview with Smriti Dhakal Play Download this Song
3. Palm Agro Farm Episode 2 Play Download this Song
4. Palm Agro Farm Episode 3 Play Download this Song

Testimonials

Ut wisi enim ad minim veniam, quis nostrud exerci tation ullamcorper suscipit lobortis nisl ut aliquip ex ea commodo consequat. Duis autem vel eum iriure.

Alferd
Apr 02, 2013

Interview with Chairman

रुद्रप्रसाद गिरीअध्यक्ष, पाम एग्रोटेक एण्ड बायो–इनर्जी नेपाल प्रालि एलोभेरा र स्टेभिया खेतीबाट मुलुककै अर्थतन्त्रमा सुधार आउन सक्छकुनै पनि काम गर्दा जोखिम त मोल्नैपर्छ । जोखिमको सामना गर्न सक्नेले नै प्रगति गर्न...

Read more

Technologies and Partners

Asia Friendship Association Zip code: 350-1101 Kawagoe-shi, Matoba 2288-10-101 Saitama, Japan. Tel: 080-4109-5500 Fax: 049-234-8070

Read more

Our Goal

Palm Agrotech has been operating its services with the motif of serving farmers and we are dedicated for " Green Peace & Prosperous Nepal". We aim in wiping out chemical...

Read more

Aloevera & Stevia

एलोभेरा तथा स्टेभिया खेती  नेपालमा एलोभेरा (घ्यूकुमारी) र स्टेभिया (चिनीबिरुवा) को व्यावसायिक खेती शुरू भएको छ । यी दुवै कृषि उपजको विश्वबजारमा निकै ठूलो माग छ । तर, मागको १० प्रतिशत...

Read more